सोमबार, वैशाख १४, २०८३

कर्मचारी खटनपटनमा भनसुन निषेध : प्रशासनमन्त्री मोदी

कर्मचारी सरुवामा अब कसैको भनसुनले काम नगर्ने मन्त्री मोदीको दाबी।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सत्तारुढ दल निकट कर्मचारीलाई हाम्रै प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो, त्यही हुन्छ भन्ने लोभ त्याग्न सुझाएका छन्।

National life

मंगलबार विराटनगरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश १ को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले कर्मचारी सरुवामा अब कसैको भनसुनले काम नगर्ने दाबी गरेका हुन्।

कर्मचारी सरुवाको बेथिति हटाउन नीतिगत व्यवस्था गरिन लागेको उनले बताए। ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर कर्मचारी सुगम र मालदार अड्डामा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौं।’

सत्ता निकट कर्मचारीले आफ्नो फाइदाका लागि संगठनमा लागेर सरकार बनेका बेला लाभ लिन चाहेको भए त्यो भ्रम मात्र हुने उनको भनाइ छ। भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनी स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको मन्त्री मोदीले बताए।

भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले प्रचण्ड नेतृत्वको सरकार भएका बेला माओवादी निकटका कर्मचारीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे।

kumari

उनले भने, ‘माओवादीको सरकार छ। हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईंहरुको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला।’ संगठनमा सक्रिय कर्मचारीले जनताको सेवालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: Feb 21, 2023| 15:38 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।