सोमबार, वैशाख १४, २०८३

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ। 

National life

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो। यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो।

पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। 

विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ। बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ।

उक्त कार्य गाउँपालिकाले ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। 

kumari

प्रकाशित: Feb 21, 2023| 15:11 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।