शनिबार, वैशाख ८, २०८१

राष्ट्रपति भण्डारीबाट हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

७० शय्या क्षमताको तीन तले भवन ४३ करोडको लागतमा निर्माण भएको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश राजधानीमा रहेको हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेकी छ। मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन्। 

triton college

७० शय्या क्षमताको तीन तले भवन ४३ करोडको लागतमा निर्माण भएको हो। अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ। मकवानपुरको  हेटौंडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ।

नयाँ र पुराना गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल २०० शय्या पुगेको छ। उक्त नवनिर्मित भवनबाट अब इमर्जेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स–रे, अत्याधुनिक प्रयोगशाला र फार्मेसी रहनेछन्। 

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ३८७ जना कार्यरत छन्। हाल अस्पतालमा २४सै घन्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलब्ध छ। अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पीआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।

अस्पताल २०१६ मा मकवानपुरको हेटौंडामा जिल्ला अस्पतालका रुपमा १२ शय्याबाट स्थापना भएको थियो। २०२२ मा यसलाई २२ शय्याको बनाइएको हो। नयाँ भवन निमार्णसँगै हेटौंडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए। अस्पतालबाट हाल दैनिक ७५० जनाले बहिरंग सेवा प्राप्त गरिरहेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 21, 2023| 14:18 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्