मंगलबार, वैशाख ३०, २०८२

शैक्षिक जनशक्ति पलायन देशकै लागि चुनौती : प्रधानमन्त्री प्रचण्ड

विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्न सबै पक्षको पहल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड।
 |  सोमबार, फागुन ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि मुख्य चुनौती बनिरहेको औंल्याएका छन्। शैक्षिक जनशक्ति पलायन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

triton college

सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न उत्पादित जनशक्तिसामु चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्न सक्ने विश्वास लिएको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा सबै पक्षसामु छ।’ 

प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए। ‘सरकारको यस प्रयासमा सम्पूर्ण शैक्षिक क्षेत्रको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने विश्वास छु’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए। २० माघसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन्। त्यस्तै, विभिन्न विधाका ५७२ विद्यार्थी डीन लिस्टको उपाधिबाट सम्मानित भए।

National life insurance

प्रकाशित: Feb 20, 2023| 15:22 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्