आइतबार, चैत १५, २०८२

बार्सिलोना, पीएसजी र लिभरपुल भिड्दै, कसको प्रतिद्धन्द्धि को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत आज (बुधबार) आठ खेल हुँदैछन् । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेल नेपाली समय अनुसार १०:४० बजे दुई खेल हुदै छन् । 

पहिलो खेल पेरिस सेन्ट जर्मेन (पीएसजी) र रेड स्टार बेलगार्डेबीच हुदै छ । दुबै टोली जितको खोजिमा मैदानमा उत्रिने छन् । यस अघिको पहिलो खेलमा पिएसजी लिभरपुलसँग पराजित भएको थियो भने स्टारले नेपोलीसँग अंक बाँडेको थियो । त्यस्तै १०:४० बजे हुने अर्को खेलमा लोकोमोटिभ मोस्कोले स्लाकसँग भिड्ने छ ।
  
नेपाली समय अनुसार १२:४५ मा च्याम्पियनस लिगमा छ खेल हुदै छन् । पहिलो खेल नेपोली र लिभरपुलबीच हुदै छ । लिभरपुलले आफ्नो पहिलो खेलमा पीएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ । 

अर्को खेल पोट्रोविरुद्ध गालाटासरी, पीएसभीविरुद्ध इन्टर मिलान र डटमन्र्डविरुद्ध मोनाको भिड्दै छन् । अर्को खेलमा टोटनह्यामको सामना बार्सिलोनाले गर्दै छ । पहिलो खेलमा स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गर्दै बार्सालाई सहज जित दिलाएका थिए । यता १२:४५ मा नै हुने अर्को खेलमा एथलेटिको मड्रिड क्लब ब्रुग्गेसँग भिड्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।