सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहितको बिदाबारी

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहितको बिदाबारी

कोषले साधुसन्तलाई ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाबारी गरेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

National life
kumari

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणसहित बिदाइ गरेको छ। सोमबार कोषले साधुसन्तलाई ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाबारी गरेको हो। 

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै रुपमा बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको बताए। 

साधुसन्तले शिवरात्रिका बेला भक्तजनबाट दक्षिणा पाए पनि कोषको तर्फबाट दक्षिणास्वरुप दिने प्रचलनअनुसार उपलब्ध गराइएको उनको भनाइ छ। कोषले सबै साधुसन्तलाई एक–एक वटा रुद्राक्षको माला पनि दान दिएको छ। ६ फागुनमा परेको महाशिवरात्रिमा नेपाल र भारतबाट ठूलो संख्याका साधुसन्त पशुपतिनाथ दर्शनमा आएका थिए। 

प्रकाशित: Feb 20, 2023| 14:33 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।