सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुन व्यवसायीले मागे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश

कानुन व्यवसायीले मागे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश

सर्वोच्च अदालतमा लामो समयदेखि प्रधानन्यायाधीश नियुक्त नगरिँदा न्याय सम्पादनमा चलखेल हुन सक्ने कानुनविद्हरूको ठम्याइ।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं–  न्यायपालिकाको धरोहर सर्वोच्च अदालतमा लामो समयदेखि प्रधानन्यायाधीश नियुक्त नहुँदा न्याय सम्पादनमा असर पुगेको दाबीसहित कानुन व्यवसायीले छिटो नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

National life

सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औं स्थापना दिवस अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी कानुन व्यवसायीले सरकारसँग प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुँदा  न्याय सम्पादनमा असर पर्नुका साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउनेतर्फ सचेत गराए। प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलको असफलता हुने उनको दाबी छ।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्चलाई कामु प्रधानन्यायाधीशबाट चलाउनु संविधानविरुद्धको काम भएको बताए । उनले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसदलगायत निकायको ध्यानाकर्षण गराए। ‘सर्वोच्चमा प्रधानन्यायाधीश अस्थायी रुपमा राखिनु संविधानविरुद्धको काम हो। अरु न्यायाधीश स्थायी, सर्वोच्चको प्रधानन्यायाधीश अस्थायी। यसलाई लामो समय राखिराख्दा न्याय प्रशासन अधोगतिमा जान्छ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताए। लामो समयदेखि कामु प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलाइँदा न्याय सम्पादनमा अस्थिरता निम्तिन सक्ने उनको बुझाइ छ। प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसद्लाई उनको आग्रह छ।

kumari

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले कामु प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको दाबी गरे। संवैधानिक इजलासको नेतृत्व स्थायी प्रधानन्यायाधीशले नै गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले कामुले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने अवस्था रहेको उनको ठम्याइ छ।

प्रकाशित: Feb 20, 2023| 14:12 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।