शनिबार, जेठ २, २०८३

राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालय आज उद्घाटन गरिंदै

निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ।

National life

निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो।  

निर्वाचन आयोगले आज संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ।

यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन्। मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।


प्रकाशित: Feb 20, 2023| 09:56 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...