काठमाडौं-चितवन टाईगर्सले सर्वाधिक पुस्कार राशीको आदीअवादी महिला लिग भलिबलको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा बुधबार भएको फाइनल खेलमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
चितवनले एपीएफलाई पहिलो सेटमा २a५-२० ले पराजित गर्दा दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१५ ले पराजित गरेको थियो । उपाधिसँगै चितवनले ६ लाख प्राप्त गरेको छ ।
उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाउनु पर्यो । यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपीएफले न्युडायमण्ड एकेडेमिलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको थियो ।
प्रतियोगितामा न्युडायमण्ड एकेडेमीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो भएको न्युडायमण्डले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा न्युडायमण्डले पुलिसमाथि २५-१८, २५-२१ र २५-१९ को जित निकालेको थियो ।
प्रतियोगितामा चितवनकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भईन् । अरुणाले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गरिन । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४