शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति देउवालाई महामन्त्री शर्माको सुझाव: राष्ट्रपतिको उम्मेदवार बन्नुस्

सभापति देउवालाई महामन्त्री शर्माको सुझाव: राष्ट्रपतिको उम्मेदवार बन्नुस्

आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन्। आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे।

राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको सुनाए। महामन्न्त्री शर्माले भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं।’

महामत्री शर्माले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताएका छन्।


प्रकाशित: Feb 19, 2023| 20:07 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...