सोमबार, वैशाख १४, २०८३

एक वर्षमा २२७ जना सुत्केरीले पाए पोषणभत्ता

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई पोषणभत्ता वितरण कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जनालाई पोषण खर्च वितरण गरेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

लमजुङ- लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई पोषणभत्ता वितरण कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जनालाई पोषण खर्च वितरण गरेको हो।

National life

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको बेसीशहर नगरपालिकाले जनाएको छ।

सुत्केरी अवस्थामा महिलाहरुका लागि पौष्टिक आहारको महत्त्व बारे सचेतना जनाउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमअन्तर्गत नगरपालिकाले बेसीशहर नगरपालिकामा स्थायी बसोबास गर्ने सुत्केरी महिलालाई तिन हजार रुपैयाँ भत्ता वितरण गरेको हो।

नगरपालिका स्वास्थ्य शाखा मार्फत वडा–वडाको स्वास्थ्य संस्थासँग समन्वयमा सुत्केरी महिलाको विवरण संकलन गरी ६/६ महिनामा भत्ता वितरण गर्ने गरेको बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सिङ बोहोराले बताए।

गत आर्थिक वर्षमा सबै भन्दा धेरै वडा नं ११ का ३८ जना सुत्केरी महिलालाई भत्ता वितरण गरिएको थियो । त्यसैगरी वडा नं-१ मा १८ जना, वडा नं- २ मा २९, वडा नंं- ३ मा ३२ जना, वठा नंं-४ र ५ मा पाँच/पाँच जना, वडा नं ६ मा २६ जना, वडा नं-७ मा १८, वडा नं ८ मा ९ जना र वडा नं १० मा ३५ जना सुत्केरी महिलाहरुलाई तीन हजारका दरले पोषणभत्ता वितरण भएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताए।

kumari

उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ७९ जना सुत्केरीको विवरण संकलन भएको छ। उनीहरूलाई पनि पोषण खर्च उपलब्ध गराइनेछ  । महिला सुत्केरी भए पछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

प्रकाशित: Feb 20, 2023| 06:30 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।