सोमबार, वैशाख १४, २०८३

देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव भटियो

प्रहरी बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा ४ जना मृत फेला परेका हुन्।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन्। प्रहरी बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा  ४ जना मृत फेला परेका हुन्।

National life

बुलेटिनका अनुसार आइतबार ललितपुरमा इँट्टाभट्टामा काम गर्ने एक मजदुर मृत फेला परेका छन्। मृत फेला पर्नेमा रोल्पा रुम्दीगाढी गाउँपालिका ६ घर भएका धनबहादुर ओली रहेका छन्। उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ।

त्यस्तै रौतहटमा पनि एक महिला मृत फेला परेकी छन्।  जिल्लाको चन्द्रपुर नगरपालिका ४ हातेमालो सामुदायिक जंगलमा सोही नगरपालिका ८ बस्ने २५ वर्षीया सीतादेव चौधरी मृत फेला परेकी हुन्। उता, इलाममा पनि एक पुरुष मृत फेला परेका छन्। जिल्लाको देउमाई नगरपालिका ७ नामथलाका ४६ वर्षीय पूर्णबहादुर तामाङ मृत फेला परेका हुन्।

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय उत्तरबारी टोल बस्ने ३८ वर्षीय मतेश्वर साह पनि मृत फेला परेका छन्। स्थानीय हनुमान मन्दिरको सार्वजनिक ढलानमा उनी मृत फेला परेको प्रहरीको भनाई छ। मृत फेला परेका सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धानलाई अगाडि बढाएको बताएको छ। 


kumari

प्रकाशित: Feb 19, 2023| 18:41 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।