ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए। गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
वार्षिक अर्बौ रुपैया विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको...
प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन्।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्।
आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ। कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन्।
घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।
अहंकारले लिने भाषा बुझ्छ। प्रेम दिने भाषा हो। योभन्दा बढी म केही भन्दिनँ। यदि जीवन एउटा रुख हो भने त्यसका हाँगा अनन्तसम्म फैलिँदा, सबै त्यसको छायामा अटाउन सकुन्, त्यसका पाखुराहरू...