सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको हो।
गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलेमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।
विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्न सबै पक्षको पहल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड।
मानन्धर एलोइ नाम गरेको संस्थाको प्रमुख प्राविधिक अधिकारी हुन्, जुन एउटा सामाजिक संगठन हो। यसले हरित सुक्ष्म-उद्यमीहरुलाई व्यावसायिक वित्त पोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्दछ।