शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पट फिक्सिङमा संलग्न भनिएका आलम र अन्सारीले भनेः प्रस्ताव अस्विकार भयो

स्पट फिक्सिङमा संलग्न भनिएका आलम र अन्सारीले भनेः प्रस्ताव अस्विकार भयो

स्पट फिक्सिङमा संलग्न रहेको र फिक्सिङ गरेको आरोपमा थुनामा परेका पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीले फिक्सिङ नगरेको बयान दिएका छन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं – स्पट फिक्सिङमा संलग्न रहेको र फिक्सिङ गरेको आरोपमा थुनामा परेका पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीले फिक्सिङ नगरेको बयान दिएका छन्।

National life

गएको पुषमा काठमाडौंमा आयोजना भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो प्रतियोगितामा आदिलले जनकपुर रोयल्सबाट खेलेका थिए भने महबुब टोलीमा थिएनन्। महबुबले आदिलसँगै आरिफ खेशलाई पनि प्रस्ताव गरेका थिए।

महबुबले फिक्सिङको प्रस्ताव खेलाडीसम्म पुर्याएको बयान दिएका छन्। तर उनले राखेको प्रस्ताव खेलाडीले स्विकार नगरेको बताएका छन्। बयानमा महबुबले रवी माझी भन्ने व्यक्तिसँग छ लाखमा स्पट फिक्सिङको प्रस्ताव दिएर खेलाडीलाई चार लाख दिने भनि प्रस्ताव गरेको उल्लेख छ।

कुनै खेलमा ५ रनभन्दा कम बनाएर आउट भएमा वा बलिङ गर्दा १० रनभन्दा धेरै दिएमा चार लाख पाउने भनि महबुलले प्रस्ताव गरेका थिए। यता, मोहम्मद आदिल आलमले आफूलाई सामाजिक सञ्जाल वाट्सएपमा अर्को प्रस्ताव पनि आएको बताएका छन्।

उनले भारतका शेख नामक मानिसले एक लाखको प्रस्ताव गरेको पनि बताएका छन्। उनले बयानमा भनेका छन्, ‘मेरो लागि एउटा नो बल बल र  वाइड बल  फालिदेउ  सो वापत १ लाख रकम दिने भनी प्रस्ताव राखेका थिए तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ।’

Laxmi sunrise bank

प्रकाशित: Feb 20, 2023| 15:38 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।