शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पट फिक्सिङ प्रकरण: तीन खेलाडीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ प्रकरण: तीन खेलाडीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलेमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

गत पुसमा सम्पन्न नेपाल टी-२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

National life

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मोहम्मद आदिल आलम, महबुब आलम, नितेश गुप्ता भन्ने नितेश साह, नवीन कँडेल र रवि माफीलाई तीन वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो। यीमध्ये तीन जना खेलाडी हुन्। उनीहरू तीनैजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ। 

अन्य दुई भने फरार छन्। जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ।

गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलेमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो। 

नेपाल टी-२० लिगको आयोजना नै स्पट फिक्सिङ र अनलाइन सट्टेबाजी गरी गैरकानुनी लाभ लिने उद्देश्यले आयोजना गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा बढाएको छ। त्यसक्रममा उक्त प्रतियोगिताको आयोजनासँग जोडिएका भारतीय नागरिकहरू पनि अनुसन्धानमा तानिएका छन्। 

Laxmi sunrise bank

प्रकाशित: Feb 20, 2023| 15:38 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।