ठोरी गाउँपालिकाले कूल सात लाखको लागतमा इनार निर्माण गरी ट्याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन्।
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे।
पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार सम्पन्न प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका...