शनिबार, भदौ १३, २०८३

जावलाखेललाई हराउँदै केपी ओली क्लब सेमिफाइनलमा

सातादोबाटोको एन्फा कम्प्लेक्समा जारी केपी ओली कप फुटबलमा शनिबार जित निकाल्दै आयोजक टिम केपी ओली एफसी सेमीफाइनलमा पुगेको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- सातादोबाटोको एन्फा कम्प्लेक्समा जारी केपी ओली कप फुटबलमा शनिबार जित निकाल्दै आयोजक टिम केपी ओली एफसी सेमीफाइनलमा पुगेको छ।

आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा उसले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। खेलको ४३ औं मिनेटमा गोल गर्दै जावलाखेलले अग्रता बनाएको थियो। तर पहिलो हाफमै बनाएको अग्रता उसले जोगाउन सकेन्। जावलाखेललाई अग्रता दिलाउनका लागि राहुलले गोल गरेका थिए।

तर केपी ओली एफसीका अजय मार्टिन्सले खेलको ७९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। खेलमा बाँकी गोल नभएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो। पेनाल्टी सूआटउटमा भने आयोजक टिमले बाजी मारेको छ।

पेनाल्टीमा जित निकाल्नका लागि केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु, र अनिल महर्जनले गोल गरेका थिए। यता जावलाखेलका भने सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरे भने एनकोटो स्यानोउस मासोआबीकोको प्रहार गोलकिपरले बचाएका थिए।

अब सेमीफाइनल खेलमा आयोजक टिमले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

आठ टिमले सहभागीता जनाएको प्रतियोगितामा चार टिम आउट भइसकेका छन्। हिजो मात्र चर्च बोइजलाई हराउँदै मछिन्द्रले सेमीफाइनलमा स्थान बनाएको थियो। त्यस्तै हिजै भएको अर्को खेलमा एनआरटीलाई हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको थियो।

अब आर्मीले सेमीफाइनलमा सातदोबाटोसँग खेल्नेछ। सातदोबाटोले प्रतियागितामा उद्घाटन खेलमा विभागीय मिट पुलिसलाई हराएको थियो।

प्रकाशित: Feb 25, 2023| 15:50 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।