शुक्रबार, कात्तिक ७, २०८२

दुई खेलाडीले शतकमा नेपालले दियो ३४४ रनको लक्ष्य

दुई खेलाडीले शतकमा नेपालले दियो ३४४ रनको लक्ष्य
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालका दुई खेलाडीले शतक प्रहार गरेका छन्। छनोटको दोस्रो खेलमा नेपालका ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले शतक प्रहार गरेपछि कुवेतले ३ सय ४४ रनको लक्ष्य पाएको हो। 

Kumaribank

यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो। नेपालका लागि ओपनर अर्जुन कुमालले ११२ बल खेल्दै १२ चौकाको सहयोगमा १०८ रन बनाएका थिए। त्यस्तै, कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्कासाथ १ सय २५ रन बनाए।

साथै उनीहरुले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेका थिए। उमेर समूहमा यो अहिलेसम्मको ठूलो साझेदारी हो। अघिल्लो दिन अर्धशतक बनाएका विशाल बिक्रम केसीले २३ रन बनाउँदा दिपक डुम्रे २० रनमा अविजित रहे। अर्का ओपनर दिपक बोहोराले १३ तथा हिजोको खेलमा सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका आकास त्रिपाठी ३ रनमा आउट भए।

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २–२ तथा जय महेशकुमार मेहता १ विकेट लिएका थिए।।

प्रकाशित: Feb 25, 2023| 15:21 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।