शुक्रबार, फागुन १, २०८२

कुवेत सय रनमा अलआउट, दोस्रो खेलमा पनि नेपालको सानदार जित

कुवेतविरुद्धको खेलमा नेपाली बलरले १०० रनमै अलआउट गरेपछि नेपालले २४३ रनको जित निकालेको हो।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपालले सानदार जित निकालेको छ। कुवेतविरुद्धको खेलमा नेपाली बलरले १०० रनमै अलआउट गरेपछि नेपालले २४३ रनको जित निकालेको हो।

National life

पहिले ब्याटिङ गरेको नेपालका दुई खेलाडीले शतक प्रहार गरेपछि कुवेतले ३ सय ४४ रनको लक्ष्य पाएको थियो। नेपालका लागि नेपालका ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले शतक प्रहार गरेका थिए।

जवाफमा कुवेतले ३० दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो। कुवेतका लागि ओपनर जुडे क्रिस्टोफरले २६ रन बनाए भने हेट हिन्सूले १६ रनको योगदान दिए। युसुफ मोहमदले १९ रन बनाउनु बाहेक अध्यन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतविरुद्ध नेपालका आकाश चन्दले छ विकेट लिए भने हेमन्त धामी र दिपेश कँडेलले पनि समान २–२ विकेट गिराएका छन्।

यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो। नेपालका लागि ओपनर अर्जुन कुमालले ११२ बल खेल्दै १२ चौकाको सहयोगमा १०८ रन बनाएका थिए। त्यस्तै, कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्कासाथ १ सय २५ रन बनाए।

साथै उनीहरुले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेका थिए। उमेर समूहमा यो अहिलेसम्मको ठूलो साझेदारी हो। अघिल्लो दिन अर्धशतक बनाएका विशाल बिक्रम केसीले २३ रन बनाउँदा दिपक डुम्रे २० रनमा अविजित रहे। अर्का ओपनर दिपक बोहोराले १३ तथा हिजोको खेलमा सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका आकास त्रिपाठी ३ रनमा आउट भए।

Laxmi sunrise bank

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २–२ तथा जय महेशकुमार मेहता १ विकेट लिएका थिए। यसअघि नेपालले सिंगापुरविरुद्ध पनि सानदार जित निकालेको थियो। सो खेलमा नेपालले ९६ रनको जित निकालेको थियो। यससँगै नेपालले आफ्नो सानदार प्रदर्शन कायम राखेको छ।

प्रकाशित: Feb 25, 2023| 18:28 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।