सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लंघन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।
प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका हुन्।
सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ। कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो।
बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे। बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो।
अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको...
हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ। बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर...
थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो। बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो।
नेपालका १०० पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये महत्वपूर्णस्थलका रूपमा रहेको कञ्चनगढी क्षेत्र भन्दा करिब डेढ किलोमिटर उत्तरमा चमेरे गुफा फेला परेको हो।