सोमबार, जेठ ४, २०८३

बालकोटको बार्दलीबाट हात हल्लाएर ओली र प्रचण्ड शीतलनिवासतिर

आइतबार, पुस १०, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

संसद्को सबैभन्दा ठूलो दल प्रतिपक्षी !

आइतबार, पुस १०, २०७९
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी हुने भएको छ।

कांग्रेसले नसकेपछि एमाले अघि सरेको हो: महासचिव पोखरेल

आइतबार, पुस १०, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को सबैभन्दा ठूलो दलले सरकार बनाउन नसकेपछि एमालेले अग्रसरता लिएको बताएका छन्।

'नेपालको राजनीति विश्वकपको फाइनलजस्तै'

'नेपालको राजनीति विश्वकपको फाइनलजस्तै'

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकप फुटबलसँग तुलना गरेका छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको समर्थन

नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्। बहुमत सांसदको समर्थन लिएर प्रचण्ड राष्ट्रपतिकहाँ जाने तयारीमा छन्।
बालकोटमा बन्यो नयाँ गठबन्धन, पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री

बालकोटमा बन्यो नयाँ गठबन्धन, पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री

नेकपा एमालेलगायत दलले नयाँ सत्ता समीकरण बनाएका छन्। यससँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।
बालकोटमा सीके राउतको इन्ट्री

बालकोटमा सीके राउतको इन्ट्री

केपी ओली निवास बालकोटमा कांग्रेस, नेकपा एसबाहेकका राजनीतिक दलका नेताहरुको जमघट।
बालकोटको ओतमा प्रचण्ड, बिरानो हुँदै बालुवाटार

बालकोटको ओतमा प्रचण्ड, बिरानो हुँदै बालुवाटार

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नयाँ सरकारको नेतृत्व विषयमा सहमति नभएपछि विकल्पमा सरकार बनाउन बालकोटमा चार दलको भेला।
प्रकाशित
आइतबार, पुस १०, २०७९  १४:२६

बालकोटमा ओलीसँग प्रचण्डको छलफल

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा सहमति नभएपछि एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्डसहितका नेता बालकोट पुगेका हुन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १४:२०

रामचन्द्र पौडेलले भने– प्रचण्डले गठबन्धन टुटाए

बालुवाटारमा सहमति हुन नसकेपछि प्रचण्डले अब गठबन्धनको औचित्य सकियो भन्दै बैठक स्थल छाडेको नेता पौडेलको दाबी।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १३:४७

सरकारका प्रवक्ता भन्छन्- पुन: गठबन्धनको बैठक बस्छ

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच पुन: बैठक बस्ने बताएका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १३:४२

बालकोट गए राजेन्द्र लिङ‍्देन

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ‍्देन बालकोट पुगेका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १३:३५

प्रधानमन्त्रीले यही गठबन्धनलाई निरन्तरता दिन चाहनुभएको छ : ज्ञानेन्द्र कार्की

सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै गठबन्धनको निरन्तरता चाहेको बताएका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १३:११

प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस-माओवादीको नजर, देउवा गलाउँदै प्रचण्ड

पार्टी सभापति देउवाले प्रचण्डलाई हातमा लिन सके कांग्रेसको बहुमत आउने र एमाले खुम्चिने सपना पालेर नेकपा माओवादीलाई सत्ताको केन्द्रमा राखिरहे। फलस्वरुप माओवादीले कांग्रेससँग प्रधानमन्त्रीको कुर्सीका लागि तिकडमबाजी र बार्गेनिङ गरिरहेको...

प्रकाशित
आइतबार, पुस १०, २०७९  १२:५९

बालुवाटार बैठक स्थलबाट बाहिरिए प्रचण्ड

सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  ११:५९

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १०:४७

बिहानै खुमलटार पुगे निधि

सत्ता गठबन्धनमा सहमति नजुटेपछि गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका निधि बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १०:०५

गठबन्धन बैठकअघि माओवादी नेताहरू छलफलमा

प्रधानमन्त्रीको विषय टुंग्याउन लगाउन केहीबेरमा गठबन्धन बैठक बस्दै छ। त्यसअघि नेकपा माओवादी केन्द्रका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  ०६:५१

सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

संसद्‍मा कसैले पनि सरकार गठनका लागि बहुमत ९१३८ सिट० नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको छ। संसद्‍मा उसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले...

प्रकाशित
आइतबार, पुस १०, २०७९  ०६:३८

सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ।