सोमबार, जेठ ४, २०८३

को हुन् प्रचण्ड सरकारका यी सात मन्त्री?

सोमबार, पुस ११, २०७९
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

विवादित छविका रविको राजनीतिक छलाङ : ६ महिनामा पार्टी गठनदेखि गृह र उपप्रधानमन्त्रीसम्म

सोमबार, पुस ११, २०७९
६ महिनाभित्र पार्टी गठन, संसदीय निर्वाचनमा सहभागी हुँदै उत्साहजनक नतिजा अनि उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय। रवि लामिछानेको यो ६ महिने राजनीतिक छलाङ अविश्वसनीय जस्तै लाग्छ।

तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि लिए शपथ

सोमबार, पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन्।

देश र जनताको नाममा शपथ लिए प्रचण्डले

देश र जनताको नाममा शपथ लिए प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्।
रवि लामिछाने उपप्रधान र गृहमन्त्री, अर्थमा विष्णु पौडेल

रवि लामिछाने उपप्रधान र गृहमन्त्री, अर्थमा विष्णु पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्।
दौरा-सुरुवालमा सजिएर शीतलनिवास पुगे प्रचण्ड

दौरा-सुरुवालमा सजिएर शीतलनिवास पुगे प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
ओली र प्रचण्डसँगको छलफलपछि रविले भने– मेरो दाबी गृह मन्त्रालयमा छ

ओली र प्रचण्डसँगको छलफलपछि रविले भने– मेरो दाबी गृह मन्त्रालयमा छ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमा रहेको बताएका छन्।
शपथ नलिँदै प्रचण्डलाई बधाईको ओइरो

शपथ नलिँदै प्रचण्डलाई बधाईको ओइरो

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पद तथा गोपनियताको शपथ लिन भने बाँकी छ। शपथका लागि आज अपराह्न ४ बजेको समय तोकिएको छ।
प्रकाशित
सोमबार, पुस ११, २०७९  १३:२१

रेशमको पार्टी सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १३:१८

गठबन्धन बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल हुँदै

मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १३:०३

सत्ता गठबन्धन जुट्यो छलफलमा

सात दलीय सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १३:००

म मन्त्री बन्ने–नबन्ने विषयमा निर्णय भइसकेको छैन : सिके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १२:५५

कुन–कुन मन्त्रालय लिने निर्णय भइसकेको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू सरकारमा जाने भए पनि कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय भइनसकको बताएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १२:३८

राप्रपा सरकारमा जाँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने प्रस्ट पारेका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १२:३१

गगन भन्छन्- माओवादीसँग गठबन्धन नगरौं भन्दा नेतृत्वले मानेन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि आफूले पटक-पटक गठबन्धन नगरेर एक रुपमा निर्वाचनमा होमिन दवाव दिँदा नेतृत्वले नमानेको आरोप लगाएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १२:१८

अब राजनीतिको डिफेन्डिङ बलियो बनाएर जान्छौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा पार्टीको डिफेन्डिङ बलियो बनाएर अघि बढ्ने बताएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १२:१६

प्रधानमन्त्रीको शपथअघि गठबन्धनको बैठक, आज चार मन्त्रीको शपथ

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  ११:४९

चिन्ता नलिनुहोस्, नयाँ बिहानी आउनेछ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी परिचालन भएर नयाँ बिहानी ल्याइने बताएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  ११:३८

प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर बधाई दिएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  ११:२१

स्वतन्त्र पार्टीमा सरकारमा जानेबारे देखियो विवाद

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद देखिएको छ।