शुक्रबार, जेठ ४, २०८१

अनाथाश्रममा शिक्षाको उज्यालो

घाम नझुल्किँदै २२ बालबालिकाको एकै रफ्तार

तुलसालयको बिहानको वातावरण पनि सधैं हतारको हुन्छ। जहाँ ४ वर्षदेखिका १३ वर्षसम्मका २२ जना बालबालिका विद्यालयका लागि तयार हुन्छन्।
 |  शनिबार, भदौ २३, २०८०

विजेता

विजेता

शनिबार, भदौ २३, २०८०

काठमाडौं- तीन–चार वर्षका साना नानीहरुलाई एकाबिहानै ब्युँझाउनु र ओच्छयानबाट उठाउनु कति सकस हुन्छ भन्ने एउटी आमालाई सोध्नुस्। तिनै आमाले बच्चाको उज्वल भविष्यको लागि बालबालिकासहित जीवनभर आफ्नो निन्द्रा र न्यानोलाई तिलाञ्जली दिएकी हुन्छिन्।

triton college

नख्खुस्थित तुलसालय आश्रममा बिहान ५ नबज्दै चहलपहल अझ भनौं हतारो सुरु हुन्छ। पौने ६ बजे विद्यालयका लागि हिँडिहाल्नु पर्ने २२ जना बालबालिका एकै रफ्तारमा हुन्छन्। एउटा–दुईटा बच्चालाई विद्यालय पुर्याउन त दौडधुप हुन्छ भने २२ जनालाई एकैसाथ बिहानको पाँच बजे उठाउनु, दाँत माझ्न लगाउनु, लुगा लगाउनु, जुत्ता खोज्नु र अझ केही खुवाएर पठाउनु कति परिश्रम लाग्दो हो ? कस्तो माहौल हुन्छ होला ?

हो, तुलसालयको बिहानको वातावरण पनि सधैं हतारको हुन्छ। जहाँ ४ वर्षदेखिका १३ वर्षसम्मका २२ जना बालबालिका विद्यालयका लागि तयार हुन्छन्। त्योभन्दा पनि सकसपूर्ण छ विद्यालयसम्मको दैनिक २५ किलोमिटरको यात्रा। र, फेरि २५ किलोमिटर फर्केर आउनु।     

ललितपुर नक्खुस्थित तुलसालयका बच्चाहरु भक्तपुरको चित्तपोलस्थित आशा शिक्षा सदनमा पढ्न जान्छन्। हुन त आश्रमकै छेउछाउमा विद्यालयहरुको भीड नै छ तर ती आश्रित बालबालिकाहरुको भाग्यमा लामो यात्रा नै लेखेको छ।

बिहान पौने ६ बजे विद्यालय हिँड्न पाँच बजे उठ्नुपर्ने हुन्छ। उनीहरुको भविष्य बन्छ भन्ने लोभले अहिले दु:ख उठाएका छन्। विद्यालयले भक्तपुरको राधेराधेसम्म गाडीको सुविधा दिएको छ तर त्यहाँसम्म पुर्याउने व्यवस्था भने आश्रमले नै गरेको छ। दुई घण्टा समय लाग्छ विद्यालय आउन र जान।

corrent noodles
Metro Mart

आश्रमकी प्रमुख सरु सुवेदी सुनाउँछिन्, 'आशा विद्यालयले अनाथाश्रमका हाम्रा बालबालिकाको लागि ७५ प्रतिशत छुट गरिदिएको छ। हामीले २५ प्रतिशतमात्रै तिर्नुपरेको छ। त्यही लोभले त्यति टाढाको विद्यालयमा हाल्नुपरेको छ। सबै रकम तिर्ने हैसियत हाम्रो छैन। बच्चाहरुको भाडा तिर्नुपरेको छैन। सबैभन्दा ठूलो कुरा उनीहरु शिक्षाको घाम र अनुशासन समान रुपमा पाइरहेका छन्। त्यहाँ पाँच कक्षासम्म पढ्छन्। सडकमा पुग्नुभन्दा अगाडिका बच्चाहरु र सडकमा पुगिसकेका बच्चाहरु पनि हामीसँग छन्। ती सबै एकै ठाउँमा पढ्न पाउने व्यवस्था छ। मेरो आश्रममा आश्रित सबै बच्चा भोलि मलाई एउटी आमाले हाम्रो उद्धार त गरिन् तर कम्तिमा हामीलाई पढाइदिएको भए हामी केही बन्थ्यौं होला भनेर आँशु चुहाउनु नपरोस् भनेर मैले कठिनसँग यी बालबालिकालाई विद्यालयसमम पुर्याएकी छु।'


बालबालिकालाई विद्यालयसम्मको बाटो लगाउनु पछाडि उनको संघर्ष त छँदैछ तर शिक्षाले एउटा व्यक्तिको जीवनमा पुर्याउने प्रभाव उनलाई राम्रैसँग थाहा छ। उनी भन्छिन्, 'यी बच्चाहरु भविष्यमा राम्रोसँग आफ्नो जीवन यापन गर्न सकुन्। मलाई यत्ति भए पुग्छ।'

आश्रमका बच्चा महालक्ष्मीस्थानसम्म आफ्नै आश्रमको सानो गाडीमा पुग्छन्। अलि हुर्केका बच्चा भक्तपुरको राधेराधेसम्म सार्वजनिक गाडीमा जान्छन्। 'सात वर्षको बच्चाको काखमा चार वर्षको बच्चालाई राखेर पनि पठाउनु परेको छ, त्यो पनि दैनिक। त्यो सात वर्षको बच्चाको खुट्टा कति दुख्छ र पोल्छ होला ! त्यति दु:ख गरेर हामीले शिक्षाको लागि त्यहाँसम्म पुर्याएका छौं।  यहीँ पनि विद्यालय छन् त भन्ने प्रश्न उठ्छ तर तुलसालयका सबै बच्चा बराबर हुन्। उनीहरुले सिक्ने अनुशासनका कुरा, शिक्षादिक्षा र संस्कारका कुरा एकै किसिमले पाउन् भन्ने मेरो ध्येय छ। अर्को कुरा यति नै छुटमा अन्य विद्यालयले पढाउन मान्दैनन् पनि।

आशा विद्यालयलाई जर्मनीको कुनै व्यक्तिले सहयोग प्रदान गरेको छ। पछि राम्रो जिपिए र राम्रो अंक ल्याएर पास भए भने हाम्रा बालबालिकालाई संस्थाले जर्मनी लगेर अगाडि पढाउने एग्रिमेन्ट गरेको छ। त्यसैले  पनि मैले त्यति टाढा पठाउँदै आएको छु। मेरो बच्चा भोलि विदेश गएर राम्रो शिक्षा आर्जन गरेर नेपाल फर्किन्छन् भन्ने विचार आम अभिभावकको जस्तै मेरो पनि छ। यसमा मेरो कुनै पनि निजी स्वार्थ छैन। आशा शिक्षा सदनको स्थापना नै यस्तै बच्चाहरुको लागि भएको हो।'

आशा विद्यालयका शिक्षक र प्रधानाध्यापकले अनुसाशित बच्चा भनेर प्रसंशा गर्दा सरुलाई अचाक्ली खुसी लाग्छ। उनीहरुको पढाइ पनि राम्रो छ। 'यो आश्रम होइन, बालबालिकाको घर हो। उनीहरुमा एकदमै सहयोगी भावना छ। एकले अर्कालाई सहयोग गर्ने, साना बालबालिकाहरुको डाइपर फेरिदिने, खेलाउने काम गर्छन्। फुर्सदको बेला टिभीमा कार्टुन हेर्छन, नाच्छन्, गाउँछ्न्। आफ्नै गाडी भएको भए स्कुल आफैं पुर्याइन्थ्यो। बिहानको समयमा चाँडै पठाउनु पर्थेन। त्यो समयमा बालबालिकालाई योगा, भागवत गीताको पाठ सिकाउँथ्यौं। तर जति नै धपेडी भए पनि सबै उनीहरुको लागि हो। अब बिहानै उठ्ने बानी परिसक्यो, उठ्छन्, तयार हुन्छन्। दुईचार वटा विस्कुट भए पनि खान्छन् अनि पुर्याउन जानुपर्छ। मेरो दिनचर्या पनि उनीहरुसँगै सुरु हुन्छ। आश्रमका ४ देखि १३ वर्षका २२ जना बालबालिका विद्यालय पढ्न जान्छन्। अहिले हामीकहाँ १५ र १८ महिने बालिकासहित ३० जना बालबालिका आश्रित छन्,' सरुले भनिन्।

प्रकाशित: Sep 09, 2023| 09:15 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्