काठमाडौं । ‘विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू एउटै छानामुनि’ भन्ने मूल नाराका साथ इण्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (आईसीसी) द्वारा आयोजित ‘मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५’ राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय शिक्षा अवसरको खोजीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको सो समिटमा क्यानडा, अस्ट्रेलिया, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका २५ भन्दा बढी प्रतिनिधि संस्थाहरूको सहभागिता रहेको थियो।आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काका अनुसार, कार्यक्रममा ४ सयभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए।
क्यानाडाका विश्वविद्यालय र कलेजहरूबाट सहभागी हुनेमध्ये लेकहेड युनिभर्सिटीकी मिस गरिमा नारङ, रोयल रोड्स युनिभर्सिटीकी मिस स्वेता शर्मा, युनिभर्सिटी अफ विन्डसरका मिस्टर पवनदीप सिंह, युनिभर्सिटी क्यानडा वेस्ट र युनिभर्सिटी अफ नायग्रा फल्स क्यानडाका मिस्टर नेत्र प्रसाद कोइराला, ट्रिनिटी वेस्टर्न युनिभर्सिटीका मिस्टर नवनीत सिंह, सेन्टेनियल कलेजका मिस्टर बिनिन नालेन्डा, साउल्ट कलेजका मिस्टर उपेन्द्र एस. चौधरी, एसएआईटीका मिस्टर परमहवीर चक्रवर्ती, सेरिडन कलेजका मिस्टर नितेश जंग कार्की, जर्जियन कलेजका मिस्टर रोहन रावत, डरहम कलेजका मिस्टर जीशान कमाल, क्याम्ब्रियन कलेजका मिस्टर सौरभ वर्मा, जर्ज ब्राउन कलेजका मिस्टर विवेक यादव, र फ्लेमिङ कलेजका मिस्टर अजित सिंहलगायतका प्रतिनिधिहरू उपस्थित थिए।
त्यस्तै, अस्ट्रेलियाबाट नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिजका मिस्टर खेमराज तिम्सिना र एप्लाईबोर्डका मिस्टर प्रफुल्ल पराजुलीले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक राम खड्काले नेपाली विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट शैक्षिक अवसरहरूसँग जोड्ने आईसीसीसीको प्रयासमा सबैको सक्रिय सहभागिताको लागि आभार प्रकट गरे।कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि विभिन्न आकर्षक अफर र उपहार योजनाको घोषणा पनि गरिएको थियो। लक्की ड्र मार्फत दुई जना विद्यार्थीले प्रतिव्यक्ति १०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै १० जनालाई कुश्मा, पर्वतमा निशुल्क बन्जी जम्पको अवसर, र २ जोडीका लागि ‘द लास्ट रिसोर्ट’मा बसाइ तथा बन्जी जम्प प्याकेज प्रदान गरिनेछ।
यस्तै ५ जना उत्कृष्ट कन्टेन्ट क्रिएटरहरूलाई जनही ५,००० रुपैयाँ नगद पुरस्कार दिइनेछ। सबै पुरस्कार वितरण आगामी बिहीबार आईसीसीसीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गरिनेछ। समिटमा उपस्थित विद्यार्थीहरूका लागि निःशुल्क आईएलटिस र टोफेलका कक्षा र निःशुल्क प्रोसेसिङ सेवाको पनि व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।