बुधबार, कात्तिक २६, २०८२

बागलुङमा ५३२ जना डेंगु संक्रमित फेला

 |  मंगलबार, कात्तिक २५, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०८२

बागलुङ- जिल्लामा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएपछि जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेको कार्यालयले जनाएको छ। बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उनले बताए।

घिमिरेका अनुसार दसैँ र तिहारपछि सङ्क्रमितको सङ्ख्या बढेको बताए। “सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ। बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्”, उनले भने, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ।”

डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए। खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Nov 11, 2025| 07:54 मंगलबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्