आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

युवालाई कांग्रेस बुझाउनेदेखि प्रदीप गिरि चिनाउनेसम्मका योजना

सांगठनिक प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सकिने कांग्रेसलाई चलायमान बनाउन सकिने महामन्त्री थापाको धारणा।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– एक वर्षपछि मुख्यालय सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका छन्।

National life

थापाले बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा दिवंगत बौद्धिक नेता स्व. प्रदीप गिरिको सम्झनामा विशेष संवाद कार्यक्रम गर्नेदेखि लिएर कांग्रेस बुझाउन युवा पुस्तामाझ छलफल चलाउने निर्णयसहितको प्रतिवेदन बनाएका छन्।

महामन्त्री थापाले कांग्रेसका छुट्टै सहिदबारे चिनारी क्यालेन्डर, मंगलादेवी सिंहको सम्झना, हरेक वर्ष बीपी दिवसमा वृक्षारोपण, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाका जन्मदिवसमा विविध कार्यक्रम गर्ने गरी सांगठनिक संरचना तयार पारिएको बताए।

कांग्रेसले स्व. गिरिलाई सम्झिएर यसपटक मधेस तराईबाट संवाद थाल्ने गगनको भनाइ छ। कांग्रेसले २४ भदौमा पर्ने बीपी जयन्ती अवसर पारेर दुई दिने साहित्य महोत्सव गर्ने प्रस्ताव महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा उल्लेख छ। महोत्सव कांग्रेस मुख्यालयले आयोजना गर्नेछ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा कांग्रेसले एक वर्ष सदस्यता अभियान चलाउने र  ५ देखि ७ लाख नयाँ सदस्य थप्ने प्रस्ताव गरिएको छ। महामन्त्री थापाको प्रतिवेदनमा आगामी २० साउनदेखि ३१ असार २०८१ असारसम्म ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने प्रस्ताव गरिएको छ।

‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्ने गरी जिल्ला कार्यसमितिलाई फारम पठाइएको छ। अब इच्छुक साथीहरूले प्रक्रिया पूरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नेछन्। कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत थालिसकेका छौं। यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण गर्ने प्रस्ताव उनको सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

केन्द्रीय समिति बैठक करिब एक साता चल्नेछ।

 

प्रकाशित: Jul 18, 2023| 15:16 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्