सोमबार, मंसिर १२, २०७९

धनगढीमा ४४ वर्षपछि फोहोरमैला व्यवस्थापनको पहल

भीम चौधरी  |  काठमाडौं, सोमबार, कार्तिक १७, २०७७

भीम चौधरी

भीम चौधरी

सोमबार, कार्तिक १७, २०७७, काठमाडौं

नेपाल समय

धनगढी– धनगढी सहर स्थापना भएको ४४ वर्ष पुगिसक्यो। तर नगरमा अहिलेसम्म योजनाबद्ध ढंगबाट फोहोरमैला व्यवस्थापन हुन सकेको छैन। 

धनगढी २०३३ सालमा नगर पञ्चायत, २०४७ सालमा नगरपालिका र २०७२ सालमा उपमहानगरपालिकामा स्तरोन्नति भएको हो। 

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदी–खोलामा फाल्ने गरिएको छ।

फोहोरमैला व्यवस्थापन हुन नसक्दा नगरवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य छन्। 

उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइटको अध्ययन थालेको उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए।

उपमहानगरपालिकाले एसियाली विकास बैंकको सहकार्यमा दुई वर्षअघि वडा नम्बर २ मा ल्यान्डफिल साइटका लागि उपयुक्त जग्गाको अध्ययन भई पहिचानसमेत गरेको थियो।  मुडभरीले भने, ‘स्थानीयको विरोधपछि सो ठाउँमा ल्यान्डफिल साइटको काम अगाडि बढाउन सकिएन।’ 

उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले अहिले वडा नम्बर ७ पटेलामा पर्ने राष्ट्रिय वनमा ल्यान्डफिल साइटका लागि उपयुक्त जग्गाको पहिचान भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन भई जग्गा प्राप्तिका लागि प्रतिवेदन तयार भइरहेको बताए। 

उनले क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत ल्यान्डफिल साइटका लागि जग्गा प्राप्ति हुन नसक्दा काम अगाडि बढ्न नसकेको बताए। 

धनगढीेमा रहेका मोहना नदी तथा सुकुटी नाला, कैलाली नालालगायतका खोलानाला किनारामा हाल संकलित फोहोरमैला फाल्ने गरिएको उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंकबहादुर बिष्टले बताए। 

फोहोरमैला व्यवस्थापनका लागि कुनै निश्चित ठाउ“ नभएकोले नदी, खोलानालामा फाल्नुपर्ने बाध्यता रहेको सामुदायिक विकास शाखा प्रमुख टंकबहादुर बिष्टको भनाइ छ। 

संकलन गर्ने फोहोरमैला नदी तथा खोलानालामा फाल्ने गरिएबाट एकातिर प्रदूषण बढ्दै गएको छ भने अर्कोतिर नदी खोलानाला पुरिँदै गएका छन्। अझ कतिपयले त खोलानालाको किनारामा बनाएका घरको वरिपरि खाल्डा पुर्न फोहारमैला फाल्न उपमहानगरपालिका कार्यालयलाई गुहार्नेसमेत गरेका छन्। 

उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख बिष्टले स्थानीयको अनुरोधमा खोलानाला किनारामा फोहोरमैला फाल्ने गरेको बताए। 

स्थानीय बासिन्दा उपमहानगरपालिकामा स्तरोन्नति भए पनि धनगढीमा फोहोरमैला व्यवस्थापन तथा ढल निकासको योजनाबद्ध ढंगले काम हुन नसकेकोमा खिन्नता प्रकट गर्छन्। 

कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरेर १३ स्थानीय तह छन्। तर, हालसम्म कुनै पनि स्थानीय तहले फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट बनाउन सकेका छैनन्।

व्यवस्थित ल्यान्डफिल साइट नहुँदा कैलालीका धेरैजसो स्थानीय तहले नदी तथा राजमार्गको किनार, जंगलमा फोहोरमैला व्यवस्थापन गर्दै आएका छन्। 

गौरीगंगा नगरपालिकाले वडा नम्बर ४ स्थित राष्ट्रिय वनमा फोहोरमैला फाल्दै आएको छ। स्थानीय घनश्याम पौडेल भन्छन्, ‘नगरपालिकाको ल्यान्डफिल साइट छैन। वन्यजस्तुको ओहोरदोहोर हुने राष्ट्रिय वनमा फोहोरमैला नगरपालिकाले फाल्दै आएको छ।’ 

साविकका विभिन्न गाउ“ विकास समिति गाभेर बनाइएका गाउ“पालिका तथा नगरपालिका मध्ये धेरैमा फोहोरमैला व्यवस्थापन एक प्रमुख चुनौती बनेको अधिकारीहरू बताउ“छन् । चुनावी घोषणापत्रमा राजनीतिक दल तथा उम्मेदवारहरूले फोहोरमैला व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका थिए। तर यसका लागि ठोस योजना र कार्यक्रम तय गरिएको छैन। 

नयाँ संरचना र व्यवस्थाअनुसार स्थानीय तह पूर्ण अधिकार सम्पन्न छन्। कर निर्धारण गर्नेदेखि आफै योजना बनाएर खर्च गर्न पाउनेसम्मको अधिकार प्रयोग गर्दैछन्।

तर, अधिकांश स्थानीय तहमा अहिले पनि फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतिका रूपमा रहेको छ। वर्षौदेखि फोहोरमैला व्यवस्थापनका लागि कुनै सोच, नीति र कार्यक्रमसमेत नबनाएकाले अहिले यो समस्या विकराल बन्दै गएको छ।


प्रकाशित: November 2, 2020 | 01:01:00 काठमाडौं, सोमबार, कार्तिक १७, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
समाज

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।
नेपाल समय
समाज

काठमाडौं- तराई मधेश द्रूत मार्गको छैटौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का बिबादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधिश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलवार दुबै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ।
नेपाल समय
समाज

आज विवाह पञ्चमी मनाइँदै

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
नेपाल समय
समाज

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय
समाज

देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना