बिहीबार, फागुन २८, २०८२

१५ जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधी

हात्तीपाइले देखापरेकोे १५ जिल्लाका ८५ लाख जनसंख्या लक्षित औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– सरकारले हात्तीपाइले रोग निवारणका लागि आमऔषधी सेवन कार्यक्रम ११ फागुनदेखि सुरु गर्ने भएको छ। रोग देखापरेकोे ६ प्रदेशका १५ जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो।

National life

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके  र कैलालीमा यस वर्ष औषधी खुवाउने कार्यक्रम सञ्चालन हुनेछ।

उनले भने, ‘१५ जिल्लाका ८५ लाख जनसंख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ। यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्न औषधी सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ।’

सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको  छ। यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध  हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको हो। थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको संक्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागेको छ।

प्रकाशित: Feb 17, 2023| 17:08 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्