बिहीबार, फागुन २८, २०८२

सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानको बेथिति हटाउन शल्यक्रिया अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

सरकारी अस्पताललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्दैै लैजाने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञान शैक्षिक केन्द्रका रूपमा विकास गर्दै लगिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा  प्रधानमन्त्री प्रचण्डबाट उक्त प्रतिबद्धता जनाइएको हो।

National life

उनले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

‘अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रुपान्तरण एवं विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन। अनुसन्धानलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन। सोही यथार्थ मनन गरेर प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान तथा चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानमा सेवाप्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीको चुस्तदुरुस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेसागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरुपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमी रहेकोजस्ता जनगुनासो र सार्वजनिक सञ्चार माध्यममा आएका समाचार हाम्रा लागि गम्भीर विषय हुन्। यस्ता बेथिति सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता छ।’

Laxmi sunrise bank
kumari

प्रतिष्ठानबाट दीक्षित हुनुहुने विद्यार्थीका लागि आजको दिन खुसी र विशेष गौरवका दिन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उनले भने, ‘चिकित्सा विज्ञान प्रतिष्ठानले तपाईंलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गरेको छ। भविष्यको आधारशिला खडा गरिदिएको छ।’

उनले प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालले आफ्नो उत्पादनमार्फत देशका विभिन्न ठाउँमा विशेषज्ञ सेवा पुर्‍याउन सफल भएको भन्दै त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। सरकारको सेवामा रहेका ५०० बढी चिकित्सकले यसै संस्थामार्फत विशेषज्ञता र अति विशेषज्ञताको उपाधि प्राप्त गरी स्वास्थ्य सेवामा योगदान दिँदै आएका छन्।

प्रकाशित: Feb 17, 2023| 15:22 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्