आइतबार, जेठ ३, २०८३

मोलुङ हाइड्रोले खुलायो आईपीओ

कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयर खरिद गर्न सर्वसाधारणका लागि आवेदन खुलाएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life

काठमाडौं– मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयर खरिद गर्न सर्वसाधारणका लागि आवेदन खुलाएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २७ करोड २८ लाख ५० हजार बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको थियो। यसमध्ये, २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएकालाई बाँडफाँट भइसकेको छ।

सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ४२५ कित्ता सेयर र कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको थियो। कम्पनीको सेयरमा १० फागनुसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: Feb 16, 2023| 13:13 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्