आइतबार, जेठ ३, २०८३

आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने अनुमान

करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरिएको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मूल्यवृद्धि १२.३० प्रतिशतले बढ्ने देखिएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life

काठमाडौं– मुद्रास्फीति अपेक्षा सर्वेक्षणअनुसार आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने उपभोक्ताले अनुमान गरेको राष्ट्र बैंकले जनाएको छ।करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरिएको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मूल्यवृद्धि १२.३० प्रतिशतले बढ्ने देखिएको हो।

सर्वेक्षणमा समेटिएका ८४.३ प्रतिशत उपभोक्ताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरिएको प्रतिक्रिया दिएका छन्। सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका उपभोक्ताको हिस्सा गत असोजको तुलनामा केही घटेको छ। यद्यपि सर्वेक्षणमा भाग लिएको ठूलो संख्याले मूल्यवृद्धि हुने मान्यता राखेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ। 

खाद्य तथा यसअन्तर्गतका उप–समूहमा पर्ने माछा, मासु, दूध, घिउ र तेल तथा रेस्टुरेन्टबाहेक सबै उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने धेरैको अपेक्षा छ। यस्तो संख्या गत असोजको तुलनामा बढेको छ। गैरखाद्य वस्तु तथा सेवा र घरजग्गा समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्नेको संख्या असोजको तुलनामा घटेको सर्वेक्षणले देखाएको छ। राष्ट्र बैंकले गत २२ देखि ३० पुससम्म गरेको सर्वेक्षणमा ६० वटा बजार क्षेत्रका २ हजार १० व्यक्तिसँग अन्तर्वार्ता लिइएको थियो।

प्रकाशित: Feb 16, 2023| 11:21 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्