बिहीबार, वैशाख ६, २०८१

बाल क्यान्सरका बिरामीलाई उपचारको दायरामा ल्याउनै कठिन

नेपालमा वार्षिक रुप १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने अनुमान विश्व स्वाथ्य संगठनको छ। तर यकिन तथ्यांक भने छैन।
 |  बुधबार, फागुन ३, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, फागुन ३, २०७९

बुधबार पाटन अस्पतालले विश्व बाल क्यान्सर दिवसको अवसरमा गरेको कार्यक्रममा काभ्रेकी रचना (नाम परिवर्तन¬) नाचिरहेकी थिइन्। ५ वर्षअगाडि बाँच्ने आश पनि नगरेकी रचना अहिले नाच्न थालेकी छन्। 

triton college

उमेरले भर्खर १८ पुगेकी रचनालाई ५ वर्ष अगाडि लागेको थिएन आफूले नाच्न सक्छु भन्ने। तर उनको साहस, परिवारको साथ र उपचारले गर्दा उनी आज हाँस्न सकेकी छिन्, नाँच्न सकेकी छिन्। 

५ वर्ष अगाडि रचनालाई लामो समयसम्म ज्वरो आयो, खुट्टा दुख्यो, शरीरमा निला डाम देखिन थाले। तर कारण भेटिएन। धुलिखेल अस्पताल पुर्याउँदा अस्पतालले कुनै रोग पत्ता लगाउन सकेन। एक साता धुलिखेल अस्पतालमा बसेपछि उनलाई आमाले कान्ति बाल अस्पताल ल्याइन्, अस्पतालमा रगत परीक्षण गर्नेवित्तिकै रक्त क्यान्सर भएको पत्ता लाग्यो। 

यो कुरा उनकी आमाले रचनालाई सुनाउन सकिनन्, अनि चिकित्सकले नै रचनालाई सुनाए– तिमीलाई रक्त क्यान्सर भएको छ। रचनालाई त्यतिबेलासम्म क्यान्सर रोग हुन्छ भन्ने थाहा थियो तर रक्त क्यान्सरको बारेमा केही थाहा थिएन। जब चिकित्सकले उनलाई रक्त क्यान्सरको बारेमा सुनाए, उनी आत्तिइन्। तर चिकित्सकहरुले रक्त क्यान्सर भएर जित हासिल गरेका अन्य बालबालिकालाई पनि सँगै राखेर परामर्श गरेका कारण उनले आफू पनि क्यान्सरलाई जित्छु भन्नेमा ढुक्क बनिन्। लगातार चार वर्षको उपचारपछि हाल रचना पूर्ण रुपमा निको भएकी छिन् तर उनी समय समयमा चिकित्सकको परामर्शमा भने हुन्छिन्। 

हुम्लाका जीवन पनि आफ्नो ३ वर्षिय छोरीको रक्तक्यान्सरको उपचारका लागि पाटन अस्पतालमा छन्। तीन सन्तानमध्येकी कान्छी छोरीलाई तीन वर्षअघि रक्त क्यान्सर भएको पुष्टि भयो। उपचारको लागि धेरै अस्पताल धाएका उनी पाटन अस्पताल आइपुग्दा मात्रै थाहा पाए छोरीलाई क्यान्सर भएको। सुरुमा उपचार खर्चको अभावले उनले छोरीलाई उपचार नगरी फिर्ता लैजान नखोजेका पनि होइनन् तर अस्पतालले गरेको आर्थिक सहयोगले गर्दा उनलाई छोरीको उपचारको लागि हिम्मत जुट्यो र उपचार गराइरहेका छन्। तर पनि छोरीको उपचारको लागि समय दिनुपर्ने भएकाले उनले अन्य काम गर्न पाउँदैनन्, आम्दानी नभएपछि आर्थिक अभावले गर्दा उनी निकै समस्यामा परेका छन्। तर पनि छोरीलाई निको बनाउने आशामा उनले हिम्मत हारेका छैनन्। 

corrent noodles
Metro Mart

नेपालमा वार्षिक रुप १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने अनुमान विश्व स्वाथ्य संगठनको छ। तर यकिन तथ्यांक भने छैन। कान्ति बाल अस्पतालका वरिष्ठ बालक्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा नेपालमा बाल क्यान्सरका बिरामी कति छन् भन्ने एकिन तथ्यांक नभए पनि जम्मा एकतिहाई मात्रै उपचारको दायरामा आउनु दुःखद भएको बताउँछन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने पनि अझै दुइ तिहाई उपचारको पहुँच बाहिर रहेका बालबालिकाहरु उपचारको दायरामा ल्याउनु चुनौतिपूर्ण भएको उनको भनाइ छ।

बालबालिका र वयष्कमा हुने क्यान्सर लगभग उस्तै प्रकृतिको हुन्छ। तर बालबालिकामा हुने क्यान्सरमध्ये ५० प्रतिशत बालबालिकामा रक्त क्यान्सर हो, बाँकी ५० प्रतिशत रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन्।  बालक्यान्सरमा सबैभन्दा धेरै रगतसँग सम्बन्धित क्यान्सर बढी देखिएको छ। अस्पतालमा पुग्नेहरुमध्ये आधा बिरामीमा रक्तक्यान्सर देखिएको चिकित्सकहरु बताउँछन्।

बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैटौं र बाल स्वास्थ्य समस्याहरुमा नवौं प्रमुख जनस्वास्थ्य समस्या हो। नयाँ बिरामीमध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एकतिहाइ मात्र रहेको चिकित्सकहरु बताउँछन्।

पाटन अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सुचरीता तुलाधरका अनुसार बाल क्यान्सर तुलनात्कक रुपमा पहिचान हुने संख्या बढ्दै गए पनि अझै एक तिहाई बालबालिकालाई उपचारको पहुँचमा ल्याउन नसक्नु चुनौतिपूर्ण हो। नेपालमा उपचारको पहुँचमा पुगेकामध्ये करिब ७० प्रतिशत निको हुने गरेको तथ्यांक रहेको छ।

बालबालिकाहरु उपचारको पहुँचभन्दा टाढा छन्। वार्षिक १ हजार ५ सयदेखि २ हजारको हाराहारीमा क्यान्सरका बिरामी थपिन्छन् तर उपचारको पहुँचमा जम्मा एक तिहाई मात्रै आइपुग्नु उपचारको पहुँच भन्दा टाढा भएर हो भने अर्कोतर्फ पहिचान नै नभई बालबालिकाको मृत्यु समेत हुने गरेको चिकित्सकहरु बताउँछन्। तर एकिन तथ्यांक छैन। सबै अस्पतालहरुको तथ्यांक हिसाब गर्दा करिब ५०० जना जतिले उपचार गराइरहेको हुनसक्छ। त्यो भनेको एकतिहाइले मात्र उपचार पाइरहेको सापकोटा बताउँछन्।

तुलाधर बालबालिका उपचारको पहुँचभन्दा टाढा हुनुमा मुख्य रुपमा जनचेतनाको कमी भएको बताउँछिन्। उनी भन्छिन्, ‘नेपालमै बालबालिकामा हुने क्यान्सर निको हुने गरी उपचार हुन्छ, अझ सरकारी अस्पतालमा कम खर्चमा हुन्छ भन्ने जानकारी सबैमा पुर्याउन सकिएको छैन, मानिसमा क्यान्सर लागेपछि मान्छे मरिहाल्छ भन्ने भ्रमलाई चिर्न अति आवश्यक छ। मनिसहरु उपचार हुने ठाउँसम्म नै आइपुग्न सकेका छैनन्।’ 

बलबालिकामा पनि क्यान्सर हुन सक्छ भन्ने अझै चेतना फैलाउन सकिएको छैन। बालक्यान्सरको कुनै स्क्रिनिङ हुँदैन। बालक्यान्सर जतिजक्दो चाँडो पत्ता लगाउन सक्यो, त्यति चाँडो निको बनाउन सकिन्छ।

सरकारी सहुलियत पर्याप्त छैन

सरकारले वार्षिक रुपमा जटिल रोगका बिरामीलाई एक लाख रुपैयाँ उपलब्ध गराउँछ। तुलाधर भन्छिन्, ‘सरकारको सहुलियतले सहयोग त पुर्याएको छ। तर पर्याप्त छैन। एक लाख रुपैयाँले पुग्दैन। अभिभावकहरु आफ्नो सन्तानलाई क्यान्सर भएपछि आफ्ना दैनिक क्रियाकलापहरु नै बिग्रन्छ, आफ्नो समयम बालबालिकालाई दिनुपर्छ। अझ भनौं, अर्को शहरमा बस्नुपर्ने अवस्था छ। यसमा निकै ठूलो आर्थिक विपत्ति आइपर्छ। त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने देखिन्छ। उपचारको मात्र होइन, बस्ने खाने र गुमेको आम्दानीलाई पनि व्यवस्थापन गर्नुपर्छ। सरकारले हाल वार्षिक एक लाख रुपैयाँ दिएको छ, केही प्रदेशले त्यसमा केही रकम थप गरेका छन् तर त्यति रकम अपुग छ।’

‘क्यान्सर भएको थाहा पाउँदापाउँदै पनि कतिपय अभिभावक उपचार खर्च धान्न नसकेर भाग्ने गरेका छन्। पाटन अस्पतालमा आउने धेरै बिरामी विकट ठाउँबाट उपचारका लागि आउँछन्। उनीहरु आर्थिक रुपमा निकै कमजोर हुन्छन्। सरकारले दिएको पैसाले थोरै उपचार पनि पुग्दैन। त्यसैले अभिभावकहरु उपचार नगराई घर फर्कन खोज्छन्। आर्थिक अवस्था कमजोर भएका क्यान्सर भएका बालबालिकालाई फिर्ता गर्न सकिँदैन। तर हामीले त्यस्ता बिरामीका लागि विभिन्न संघसंस्थाबाट पनि आर्थिक सहयोग जुटाइरहेका छौं। आफ्नै विभागहरुबाट पनि आर्थिक अवस्था जुटाउने काम गरिरहेका छौं। हामी सबै केन्द्रमा बसेर काम गरेका छौं तर यसलाई विकेन्द्रीकरण गर्नु आवश्यक छ।

सापकोटा भन्छन्, ‘अभिभावकले सुरुमा बालबालिकाले देखाउने लक्षण र उनीहरुको शरीरको लक्षणबाट क्यान्सरको आशंका गर्न सकिन्छ। जस्तै– बालबालिकाको आँखाको नानीमा सेतो देखिनु, शरिरमा डल्लाहरु देखिनु, विभिन्न किसिमका गाँठागुँठी देखिनु, ज्वरो लगातार आउनु लगाएतका विभिन्न लक्षणहरु देखिएमा स्वास्थ्यकर्मीको परामर्श तथा उपचार सेवा लिनुपर्छ। तर ट्युमरहरु, मिर्गौलाको क्यान्सर, अन्य क्यान्सर नदुखिकन पेटभित्र लामो समयसम्म बस्दा भने यसको लक्षण ढिलो देखिने हुनाले उनीहरु अस्पताल ढिला गरी आइपुग्छन्। उनीहरुको उपचारमा पनि समस्या हुन सक्छ। बालकालिकाले आफ्नो समस्या बताउन नसक्ने भएकाले अभिभावकले नै चनाखो हुनुपर्छ। 

प्रकाशित: Feb 15, 2023| 18:25 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्