आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्न स्वस्तिमा यूएई जाँदै

डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्न स्वस्तिमा यूएई जाँदै

अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने भएकी छिन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने भएकी छिन्।

National life

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ मा युएई जाने बताइएको छ।

खड्काले दुबईस्थित अल घुराइर मलमा हुने कार्यक्रममा खड्काले त्यहाँ सहभागी सबैसँग डिजिटल रेमिटेन्सको विषयमा छलफल तथा अन्तरक्रिया गर्ने इसेवाले जनाएको छ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो रेमिटेन्स कारोबार गर्ने कम्पनी भएको इसेवा मनि ट्रान्सफरले जनाएको छ। ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिटेन्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इसेवा मनि ट्रान्सफरले अघि सारेको छ।

अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएकी छिन्।



प्रकाशित: Feb 15, 2023| 17:39 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्