आइतबार, जेठ ३, २०८३

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ। बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो।

National life

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन्। साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन।


प्रकाशित: Feb 15, 2023| 17:37 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्