सोमबार, वैशाख २८, २०८३

कोभ्याक्सअन्तर्गत जर्मनीले दियो १५ लाख कोभिड खोप

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास  प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम  गिरीलाई  खोप हस्तान्तरण गरेका हुन्।

National life

राजदूत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए। उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्त खोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए । 

मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने। मन्त्री गिरीले भूकम्पको बेला जर्मनीले गरेको सहयोगको खुलेर प्रशंसा गरे । 

२०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो । त्यस्तै कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामाग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो ।

सन् १९५८ देखि नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध कायम भएको हो , यो सम्बन्धले ६५ वर्ष पूरा गरिसकेको छ ।

प्रकाशित: Feb 15, 2023| 17:34 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्