शुक्रबार, फागुन २९, २०८२

कर्णालीका हिमाली जिल्लामा विद्यालय खुल्दै

मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख दलबहादुर बस्नेतले बताए।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

जाजरकोट- कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ। डोल्पा, हुुम्ला, मुगुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो। केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ।

National life

मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुपर्ने  शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख  दलबहादुर बस्नेतले बताए। 

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द हुने गरेका छन्। फागुन १ बाट नयाँ शैक्षिक सत्रमा नियमित पढाइ सञ्चालन गर्न आग्रह गरिएको बस्नेतले बताए।

जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरेपनि अधिकांश विद्यालय फागुन २ सम्म खुलेका छैनन। उपल्लो डोल्पादेखि अन्य ठाउँमा आवासीय विद्यालय स्थापना गरेपछि मात्र नियमित पढनपाठन हुने सरोकारवाला बताउँछन्।

फागुन लागेपनि चिसो अझैँ घटिनसकेकाले शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन। स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर छन्। वार्षिक परीक्षा गरिसकेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु लगत्तै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउनुपर्ने भए पनि अहिलेसम्म हिमाली जिल्लामा कुनै तयारी भएको छैन।

Laxmi sunrise bank
kumari

जति सूचना प्रकाशित गरे पनि शिक्षक तथा कर्मचारी चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीयवासी  बताउँछन्। कर्मचारी तथा शिक्षक समयमै गाउँमा आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ। कर्णालीमा दुई शैक्षिक सत्रमा पठनपाठन हुने गरेको छ।

प्रकाशित: Feb 15, 2023| 21:20 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्