आइतबार, जेठ ३, २०८३

नेप्से निरन्तर ओरालो

साताको पहिलो कारोबार दिन आइतबारदेखि नै घटेको नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

सेयर बजार परिसूचक (नेप्से) ओरालो लाग्ने क्रम जारी छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि नै घटेको नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ।

National life

नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा अडिएको छ। दिनभरमा १ करोड ७३ लाखको कारोबार भएको छ।

आइतबार सेयर बजार करिब ६०.७७ अंकले घट्यो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन बजार २१२१.८६ अंकमा ओर्लिएको थियो।

मौद्रिक नीतिको समीक्षामार्फत लगानीकर्ताले १२ करोडको मार्जिन ऋणको सीमामा पुनरावलोकन गर्न माग गरेका थिए। तर, सेयर धितो राखेर प्रवाह हुने मार्जिन कर्जाको दरमा कुनै पनि हेरफेर भएन, जसको प्रभाव सेयर बजारमा परेको छ।

सोमबार भने सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन। हिजो मंगलबार परिसूचक १६.४० अंकले घट्यो भने १ अर्ब ७८ करोड ७० लाखको कारोबार भयो।


 

प्रकाशित: Feb 15, 2023| 15:08 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्