शुक्रबार, फागुन २९, २०८२

'गाउँघरमा चिकित्सक कार्यक्रम' सञ्चालनमा

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

बैतडी- दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ। 

National life

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ। जिल्ला अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार चिकित्सक कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ। 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिएको हो। पालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगसम्बन्धीका चिकित्सकले सेवा दिएका छन्। शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, ‘अल्ट्रासाउण्ड’ सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो। 

यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो। यसका साथै सामान्य जाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ। 

शिविरबाट पाँच सय बढी नागरिक लाभान्वित भएका डा. श्रेष्ठले बताए। उनले भने, ‘अस्पतालको पहुँचभन्दा टाढा तथा दुर्गममा रहेका नागरिकलाई लक्षित गरेर गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भइरहेको छ। गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले हामीले गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गरिएको र यसबाट स्थानीय नागरिक लाभान्वित भएका छन्।’

Laxmi sunrise bank
kumari

छिट्टै जिल्लाको सिगास गाउँपालिकाको गाजरीमा समेत शिविर सञ्चालन गर्ने तयारी रहेको जिल्ला अस्पतालले जनाएको छ। यसमा साथै जिल्ला अन्य पालिकाका पनि स्वास्थ्य शिविर सञ्चालन हुनेछ। 

प्रकाशित: Feb 13, 2023| 23:00 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्