शुक्रबार, फागुन २९, २०८२

बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा समस्या

जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गङ्गालाल हृदय रोग केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १५५ जना बालबालिकाको मुटुमा समस्या देखिएको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटु सम्बन्धी रोग देखिएको छ।

National life

जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गंगालाल हृदय रोग केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १५५ जना बालबालिकाको मुटुमा समस्या देखिएको हो। जसमध्ये १४६ जनामा जन्मजात मुटु रोग र ९ जनामा बाथ मुटु रोगको समस्या देखिएको हो।

नगरपालिकाको सबै सरकारी विद्यालय र केही निजी विद्यालयमा ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो। १९ सरकारी विद्यालयका ३ हजार २० र निजी विद्यालयका ९ हजार १० जनामा स्क्रिनिङ गरिएको थियो।

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार ९ जना बालबालिकामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जना बालबालिकामा जन्मजात मुटुको रोग देखिएको थियो। उनीहरुमध्ये एक जनाको तत्काल शल्यक्रिया गर्नुपरेको थियो। सामान्य अवस्थामा देखिएका बालबालिकामा पनि मुटुसम्बन्धी समस्या हुने भएकाले विद्यालय स्तरमा मुटुको परीक्षण गरिएको अधिकारीले बताए।

प्रकाशित: Feb 13, 2023| 16:15 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्