शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • केपी ओली कप फुटबलः खेलभन्दा उद्घाटन र समापन समारोह प्राथमिकतामा

केपी ओली कप फुटबलः खेलभन्दा उद्घाटन र समापन समारोह प्राथमिकतामा

नेकपा एमालेको एक भ्रातृ संगठनको रुपमा रहेको केपी ओली फुटबल क्लब आयोजकको रुपमा सहभागी रहँदा देशका ए डिभिजन लिग खेल्ने मछिन्द्र, आर्मी, जावलाखेल, सातदोबाटो र चर्च बोइज र पुलिस क्लबले प्रतियोगिता खेल्नेछन्।
 |  आइतबार, माघ २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, माघ २९, २०७९

काठमाडौं– राजधानीमा पहिलो पटक फागुन ११ गतेबाट केपी ओली कप फुटबल आयोजना हुँदैछ। १७ गते फाइनल हुने यो च्याम्पियनसिपमा सात ए डिभिजन क्लबसहित आठ टिमको सहभागिता रहने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ।

triton college

नेकपा एमालेको एक भ्रातृ संगठनको रुपमा रहेको केपी ओली फुटबल क्लब आयोजकको रुपमा सहभागी रहँदा देशका ए डिभिजन लिग खेल्ने मछिन्द्र, आर्मी, जावलाखेल, सातदोबाटो र चर्च बोइज र पुलिस क्लबले प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा जावलखेलले नेपाल पुलिस क्लबको सामना गर्नेछ। त्यस्तै, दोस्रो दिन आइतबार आर्मीले न्युरोड टिम एनआरटीको सामना गर्नेछ। दोस्रो दिनको दोस्रो खेलमा मछिन्द्र क्लबले चर्च बोइजको सामना गर्नेछ। प्रतियोगितामा १२ गते एक खेल ११ बजे र अर्को खेल तीन बजे सुरु हुनेछ। च्याम्पियनसिपका सबै खेल तीन बजे नै सुरु हुने आयोजकले जानकारी दिएको छ।

यो प्रतियोगिता गर्नकै लागि भनेर केपी ओली फुटबल क्लब कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिएका छन्। उसले प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघसँग अनुमति मागेको छ। एन्फाले अनुमति दिए पनि यो क्लब एन्फामा भने दर्ता छैन। एन्फामा दर्ता नभएको क्लब वा कम्पनीलाई प्रतियोगिताको आयोजना गर्न दिन मिल्ने एन्फाको विधानमा छैन। तर यो प्रतियोगिताले आयोजना गर्ने अनुमति पाएको छ।

अझ उसले खेलका लागि तीन भेन्यू प्रयोग गर्ने भएको छ। च्यासलको मैदान र एन्फा कम्प्लेक्समा हुने यो प्रतियोगिताको फाइनल खेल भने ए डिभिजन लिग सुरु हुनुभन्दा दुई दिनअघि दशरथ रंगशालामा समापन हुनेछ। काठमाडौंमा फुटबलको नकआउट प्रतियोगिताको त्यति सम्झनलायक उदाहरण भने छैनन्। लामो समयदेखि नकआउट हुन नसकेको काठमाडौंमा पहिले आयोजना भएका नकआउट प्रतियोगिता पनि लामो समय टिक्न सकेका छैनन्।

corrent noodles
Metro Mart

‘यो एक–दुई संस्करण होइन, निरन्तर चलिरहन्छ। धेरै वर्षसम्म हुनेछ। आशावादी छौं– नेपाली फुटबल जगत र यसको व्यावसायिकतालाई प्रवर्धन गर्नका लागि यो कप स्थापित हुनेछ,’ प्रतियोगिताको टाइसिट ड्र गर्नुभन्दा अघि युवा संघका अध्यक्ष पौडेलले भनेका छन्।

प्रतियोगिताको उद्घाटन खेल फागुन ११ गते तीन बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछ। उद्घाटन कार्यक्रममा खेलबाहेक विशेष प्रस्तुतिहरु पनि हुने आयोजकले जानकारी दिएको छ। ‘उद्घाटन र समापन भव्यताका साथ रोमाञ्चक बनाउने भएका छौं। स्वप्न सुमनलगायतका कलाकार आउने छन्। रंगशाला गुञ्जाउने योजना छ,’ उनले भने।

आयोजकले प्रतियोगितामा समावेश खेलाडी र क्लबमा व्यमवसायिकता भित्र्याउने दाबी गरे पनि उसले फुटबललाई भन्दा धेरै प्राथमिकता अन्य कुरालाई दिएको छ। उसले प्रतियोगिता आयोजना गरे पनि धेरै खर्च भने मनोरञ्जनका अन्य कुराहरुमा गरेको अध्यक्ष पौडेलले बताएका छन्। यसले युवा संघको खेल विकास गर्ने चेतनामै कमी रहेको स्पष्ट पारेको छ। आयोजकले बाँकी खेलमा टिकटको व्यवस्था नगरे पनि फाइनल खेलमा भने तीन सय टिकट राखेको छ। साथै फागुन १७ गते पाँच बजे दशरथ रंगशालामा सुरु हुने फाइनल खेलसँगैको समापन पोलिटिकल व्यक्ति नभएर ‘सामाजिक क्षेत्रका लिजेन्ड’बाट गर्ने आयोजकको जानकारी दिएको छ।

नेकपा एमालेको एक भ्रातृ संगठनको रुपमा रहेको केपी ओली फुटबल क्लब आयोजकको रुपमा सहभागी रहँदा देशका ए डिभिजन लिग खेल्ने मछिन्द्र, आर्मी, जावलाखेल, सातदोबाटो र चर्च बोइज र पुलिस क्लबले प्रतियोगिता खेल्नेछन्।

सात दिन चल्ने प्रतियोगितामा एन्फाका तर्फबाट खटिएका प्रतियोगिता म्यानेजर सुवास न्यौपानेले प्राविधिक पक्ष हेर्ने आयोजकले जानकारी दियो। प्रतियोगिता सबै खेल नकआउट शैलीमा हुनेछन्। ‘खेलकुदलाई राजनीतिक पार्टीले चासो दिएको देखिएन। हामीले दिन चाहेको हो,’ पौडेलले भने, ‘यो संगठन रहँदासम्म चलिरहन्छ। यसमा बाँकी इभेन्टहरु थप्ने विषयमा अघि बढ्न पनि सोचेका छौं। अहिलेसम्म फुटबलमै केन्द्रित भएका छौं। यसको धेरै फ्यान फलोइङ भएकाले यसमा लागेको हो। यो क्लब कम्पनी रजिष्टार कार्यालयमा दर्ता भइसकेको छ। देशभरी हुने प्रतियोगिता गर्ने हिसाबले अघि बढ्नेछौं भन्ने लागेको छ।’

कम्पनी रजिष्टारमा यो क्लब गैरनाफामुखी संस्थाका रुपमा दर्ता भएको छ। साथै उसले यो प्रतियोगिताको लागि थ्रि स्टारका प्रशिक्षक मेघराज केसीलाई प्रशिक्षक तोकेको छ। ‘२०० जनाबाट छनोट गरेर टिम बनाएको हो। आयोजक टिमले सहभागी गराउने प्रचलन हुँदा हामीले छुट पाएको हो। फिफा र एन्फाको नर्म्स र भ्यालुभित्र रहेर हामीले गर्न लागेको हो,’ उनले भने। तर यो प्रतियोगिता युवा संघले आयोजना गरिरहेको छ। युवा संघ खेलकुदमा लागेको संघ नभएर सत्तारुढ नेकपा एमालेको राजनीतिक भ्रातृ संगठन हो।

एमालेमा खेलकुद चलाउनका लागि खेलकुद महासंघ हुँदाहुँदै पार्टीभित्रको फरक स्वार्थ समूहले महासंघको माध्यमबाट नभएर फरक क्लब स्थापना गरी प्रतियोगिता आयोजना गर्न लागेको हो। यद्यपि अध्यक्ष पौडेल यसलाई केही फरक तरिकाले प्रस्तुत गर्छन्। भन्छन्, ‘पार्टीभित्रकै महासंघ एक विंग्स छ। हामी अर्को विंग्स हो। भोलि विद्यार्थीेले प्रतियोगिता गर्ने हो भने खेलकुदमा अर्को इँटा थप हुन्छ। पार्टीभित्रको आन्तरिक कुरा हो। हामीले ओभरअल स्पोर्टसबारे सोचेर गरेको हो।’

मुख्यतः पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नामलाई ब्रान्डिङ गर्ने उद्देश्य राखिएको प्रतियोगितामा एमालेभित्र नै खेलकुद प्रतियोगिता गर्न जिम्मेवारी पाएको संस्थाले नगरेर फरक उद्देश्य भएको संस्था खेलकुदमा लागि सेन्टिमेन्ट बटुल्ने ध्येयमा मात्र यो प्रतियोगिता देखिएको छ। तर खेलाडी पलायनको मारमा रहेको नेपाली फुटबलको सेन्टिमेन्टलाई पक्रिएर खेलकुदको विकास गर्ने उद्देश्य रहेको दाबी गर्छन् अध्यक्ष  पौडेल। विगतको उदाहरण दिँदै उनले एमालेको खेलकुदमा रहेका व्यक्ति नै नेपाली खेलकुदको नियामक ठाउँमा पुगेको बताए। भने, ‘राष्ट्रिय खेलकुद परिषद्का धेरै सदस्य सचिवहरु युवा संघको खेलकुद क्षेत्रबाट आएका हुन्। केशव स्थापित, जीवनरामहरु उदाहरण हुनुहुन्छ। हामीले यो प्रतियोगिता ओभरअल खेलकुदका हितका लागि गरेको हो,’ उनको दाबी छ।

प्रतियोगिताको लागि आयोजकले डेढ करोडको बजेट अनुमान गरेको छ। पुरस्कारका लागि २० लाख खर्च हुने बताएको आयोजकले खेलकुद व्यवस्थापनमा थोरै मात्र खर्च गरेर मनोरञ्जनका लागि ठूलो हिस्सा खर्च गर्ने देखिएको छ। आयोजकको व्यवस्थापन हेर्ने हो भने उसको ध्यान खेलकुद विकासमा भन्दा पनि बाहिरी कुरामा देखिएको छ। ‘साउन्ड, लाइट, स्टेज र आर्टिस्टका लागि पनि धेरै खर्च हुन्छ। १० लाख र पाँँच लाख विजेता र उपविजेताको पुरस्कार रहेको छ। प्रत्येक खेलको विजेतालाइई २५ हजार रहेको छ। २० लाखभन्दा धेरै जान्छ यसमा,’ अध्यक्ष पौडेलले भने। 

प्रकाशित: Feb 12, 2023| 16:35 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।