शुक्रबार, फागुन २९, २०८२

'थोरै खाऔं, सही मात्रामा खाऔं नुन'

आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व हो। यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

आयोडिन मिसाएको नून

National life
आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व हो। यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ। शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सूचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य मुख्य काममा सहयोग गर्दछ।

शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ। नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ। त्यसैले खानामा आयोडिन मिसाएको नून खानु नै एक मात्र सरल उपाय हो।

आयोडिनका फाइदाहरू

गर्भावस्थामा
गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नूनको सही मात्रा पाँच ग्राम भन्दा कम खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास राम्रो हुन्छ।

Laxmi sunrise bank
kumari

आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा अपाङ्गता भएका जस्तै बोलाई सम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्तमनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ।

बाल्यावस्थामा
बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नून खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ। साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ।

किशोरावस्थामा
किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा। पनि सकारात्मक प्रभाव पर्दछ।

सबै उमेरमा
आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ। जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम् जस्ता समस्याहरू हुनबाट बचाउँछ।

आयोडिनयुक्त नूनबारे जान्नै पर्ने कुराहरु
टिके वा खुल्ला रूपमा बिक्री वितरण गरिने नूनमा मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा नहुन सक्छ।

दुई बालबालिका चिन्ह भएको प्याकेटको नूनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ यो चिन्ह नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडिन भएको नूनलाई। दिने प्रमाणित चिन्ह हो।

वयस्कहरूले दैनिक रूपमा पाँच ग्राम भन्दा कम नूनको प्रयोग गर्नुपर्दछ। बालबालिका १२ महिना पुरा भएपछि बढीमा दुई ग्राम नून दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ। आयोडिनयुक्त नूनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ घाम र पानीले असर गर्ने ठाउँमा राख्नुहुँदैन।

पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् निम्न असरहरु

गलगाँड आउने
-गर्भावस्थामा समस्या देखिने गर्भ तुहिने वा मृत शिशु जन्मने हुन सक्छ
-मानसिक र बौद्धिक क्षमतामा कमी आउने
-शिशुको दिमागको विकास राम्रो सँग नभई जन्मने
-सुस्तमनस्थिती हुने र बौद्धिक क्षमता कमी हुने
-काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने

त्यसैले खानामा आयोडिन मिसाएको नून खानु नै एक मात्र सरल उपाय हो। 

प्रकाशित: Feb 13, 2023| 06:00 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्