सोमबार, वैशाख २८, २०८३

'सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?'

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ। तर खै किताब?'
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ। तर खै किताब?'

हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए। उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न पनि गरे। ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब किन छाप्न सक्दैन, किन? छिटो किताब उपलब्ध गराइयोस्,’ उनले भने।

प्रकाशित: Feb 12, 2023| 15:42 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्