शुक्रबार, फागुन २९, २०८२

स्वास्थ्य सेवा बन्दको निर्णय फिर्ता लिन चिकित्सक संघलाई रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ। कित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेसँगै रास्वपाले उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो।

National life

शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो। 

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।

राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना भएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2023| 08:00 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्