शुक्रबार, फागुन २९, २०८२

खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै

अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल निर्माण कार्य अधुरै छ। अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।

National life

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार खार्पामा अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई नक्सा पठाएको थियो। सात करोड ५७ लाख ५१ हजार रुपैयाँको लागतमा ३७ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा महादेव खिम्ती–अन्जान रुजन जेभीले निर्माणको ठेक्का लिएको थियो। विसं २०७७ मङ्सिर १५ मा स्वास्थ्य चौकीलाई दश शय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी तत्कालीन सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भवनको शिलान्यास गरेका थिए।

भवन निर्माणको करिब २० प्रतिशत काम सकिएपछि मापदण्डअनुसार डिपिआर नभएको पाइएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताए। निर्माण कम्पनीले ९० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। गत जेठदेखि भवन निर्माण ठप्प छ। नयाँ डिपिआर स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ।

रावाबेँसीसँगै जिल्लाका चार स्थानीय तहमा २०७७ मङ्सिरमा एकसाथ अस्पताल भवन शिलान्यास गरिएको थियो। अन्य स्थानीय तहमा पनि भवन निर्माणाधीन अवस्थामा छन्। साकेला र केपिलासगढी गाउँपालिकाले भने स्थानीयस्तरमा अस्पताल निर्माण गरिरहेका छन्। दिप्रुङ चुइचुम्मा, खोटेहाङ र बराहपोखरीमा हालसम्म अस्पताल नयाँ निर्माण हुन सकेको छैन।

प्रकाशित: Feb 11, 2023| 22:30 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्