शुक्रबार, फागुन २९, २०८२

चिकित्सक कुटपिट प्रकरण: आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प

संघले विज्ञप्ति जारी गरी २७ माघमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीबाट भएको ज्यादतीविरुद्ध नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गरिने बताएको छ।

National life

शनिबार संघले विज्ञप्ति जारी गरी २७ माघमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको हो।

संघ अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘२७ माघ २०७९ मा नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

संघले त्यसको विरोधमा २९ माघमा देशभरका  सरकारी तथा गैरसरकारी अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको संघले जनाएको छ।

Laxmi sunrise bank
kumari

लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने काम भएकाले सवारीको नाममा  अस्वाभाविक सुरक्षाको प्रबन्ध मिलाएर घन्टौं जाम गरेर दैनिक जीवनयापनमा असहज परिस्थिति सिर्जना गर्नु न्यायोचित नहुने संघको ठहर छ। 

शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डा. सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठी चार्ज गरेको थियो। लाठीचार्जका क्रममा घाइते भएका डा. सिंहको अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Feb 11, 2023| 17:05 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्