बुधबार, चैत ८, २०७९

ठाडो भाकामा ‘दरमखोला’ लोकगीत

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

कास्की- मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो। 

National life insurance

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ। गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन्। सङ्गीत रचना गायक थापा आफैँले गरेका छन्। 

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ। ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। 

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो। पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ। सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन्।

प्रकाशित: Feb 11, 2023| 07:52. 43 शनिबार, माघ २८, २०७९

थप समाचार

गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।

गायक खड्ग गर्बुजाको गीतमा राहुल र केकीको अभिनय

बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर।

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।