शनिबार, वैशाख ८, २०८१

रग्बीमा विदेशी खेलाडी, तर अभ्यास गर्ने मैदानकै अभाव

नगद पुरस्कारको व्यवस्था नभएको लिग माघ २९ देखि फागुन ६ गतेसम्म आयोजना हुने अयोजले जानकारी दिएको छ। ‘हामीले सहभागी क्लबलाई नगद पुरस्कारको व्यवस्था गरेको छैन तर टोकन मनिका रुपमा दिने गरेको छौं,’ संघका महासचिव गोविन्द घिमिरेले भनेका छन्।
 |  शुक्रबार, माघ २७, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– काठमाडौंको दशरथ रंगशालामा आइतबारबाट तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग आयोजना हुँदैछ। अघिल्लो संस्करणमा झैँ नेपाल रग्बी संघले चार टिमलाई सहभागी गराउने भएको छ।

triton college

नगद पुरस्कारको व्यवस्था नभएको लिग माघ २९ देखि फागुन ६ गतेसम्म आयोजना हुने अयोजले जानकारी दिएको हो। ‘हामीले सहभागी क्लबलाई नगद पुरस्कारको व्यवस्था गरेको छैन तर टोकन मनिका रुपमा दिने गरेको छौं,’ संघका महासचिव गोविन्द घिमिरेले भनेका छन्।

रग्बी संघको फिफ्टिन्स प्रतियोगिता दशरथ रंगशालामा पहिलो पटक हुन लागेको हो। त्यसो भएर पनि यो केहि व्यवस्थित रहेको छ। तर प्रतियोगितामा सहभागी हुने क्लबहरुले काठमाडौंमा उचित मैदान नभएको कारण अभ्यासमा समस्या भएको जानकारी दिएका छन्।

‘हामीलाई लिगको लागि तयारी गर्न समस्या भयो। कहाँ समस्या भयो भन्दा मैदानको अभाव भयो,’ तयारीबारे जानकारी दिँदै गोर्खाली रग्बी क्लबका कप्तान श्रीकृष्ण थापाले भनेका छन्।

लिग यसअघि सल्लाघारीको आर्मी स्कुलको मैदानमा र मध्यपुर युवा क्लबको मैदानमा आयोजना भएको थियो जहाँ पहिलो संस्करणमा आर्मी र दोस्रोमा गोर्खालीले उपाधि जितेका थिए। यो वर्ष पनि गोर्खाली टिम उपाधिको लक्ष्यका साथ लिगमा होमिँदै छ।

corrent noodles
Metro Mart

प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक देवकोटाले खेलको विकासका लागि लागिरहेको बताएका छन्। उनले भने, ‘खेलको विकासका लागि लागिरहेका छौं। जे जति माथि पुगेको छ त्यसमा सबैको योगदान रहेको छ। यो विस्तार गर्ने सोचाइ बनाउँदा गर्दा धेरै माथि पुगेका छैनौैं। अहिले १५ एसको खेलको निम्ति त्यो खालको जनशक्ति विस्तारको निम्ति पूर्वाधार पनि चाहिन्छ।’

महासचिव घिमिरेले देशमा सेभेन ए साइडका धेरै क्लब भए पनि फिफ्टिन्सका धेरै क्लब नभएको जानकारी दिएका छन्। त्यसैले यो प्रतियोगितामा चार टोली मात्र सहभागी छन्। सहभागी क्लबहरुमा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लब रहेका छन्।

देशमा सेभेन्सका लागि प्रदेश र तिनै विभागीय क्लबमा टिम भए पनि फिफ्टिन्सका लागि देशभरीमा यि चार टिम मात्र हुन्। ‘धेरै टिम पनि समावेस भएको छैन। यो खेलमा धेरै कुरा पूरा गर्न सकेको छैन। भलै चार मात्र टिम भए पनि यो देशको लिडिङ टिम हो। तीन दिनको ग्याप रहेको छ। खेलबीचमा तीन दिनको ग्याप रहने भएको कारण पनि धेरै टिम बनाउन नसकेको हो,’ अध्यक्ष दीपक देवकोटाले भने।

उनले पुलिस र एपिएफमा पनि फिफ्टिन्सको टिम बनाउने तयारी गरिहेको बताएका छन्।  त्यस्तै आयोजकले चार टिम मात्र समावेश गर्नुको कारण चाहिँ धेरै खेलाडी भएर खर्च बढ्ने भएकाले छोटो गरेको बताएको छ। साथै रग्बीमा डबल राउन्ड रोबिनको खासै प्रचलन भएको आयोजकको दाबी छ भने खेलाडीलाई दुई खेल बीचमा ४८ घण्टाको ब्रेक चाहिने व्यवस्थापनको पाटो गाह्रो पर्ने भएको कारण थोरै क्लब र खेल रहेको जानकारी दिएको छ।

कस्तो छ क्लबको तयारी र योजना ?

हिमालयन टाइगर क्लबका कप्तान ताइसुके मियो
हाम्रो टिममा हामी दुई विदेशी खेलाडी छौं। मैले रग्बी खेल्न थालेको ५० वर्ष पुग्यो। अनुभव पनि राम्रो नै छ। सबै राम्रो छ। जोश, डेडिकेसन र निष्ठा अनुशासन यति भयो भने हामी राम्रो खेल्न सक्छौं। हामी रमाइलो गरेर लिग जिताउने छौं र राम्रो खेलेर देखाउने छौं।

(हिमालयनमा तासकेका छोरा तारो मियो पनि खेल्नेछन्। बाउछोरा एउटै क्लबबाट प्रतियोगिता खेल्नेछन्। उनीहरु विदा मनाउनका लागि नेपाल आएका हुन्। उनीहरु आज मात्र नेपाल आइपुगेका हुन्। उनीहरु पहिलेदेखिका खेलाडी हुन्।)

आकाश भैरव क्लब प्रशिक्षक सृजना राई
तयारी राम्रो छ। पहिले भन्दा अहिले तयारी राम्रो भइरहेको छ। मैदानको समस्या त भइराख्छ अनि मैदानमा खेलाडीको सुरक्षा पनि हेर्नुपर्ने हुन्छ। हामीले धुलिखेलमा अभ्यास गरिरहेका छौं। क्लब पनि धुलिखेलमा नै छ।

हाम्रोमा चाहिँ विदेशी खेलाडी छैनन्। हामी खेलाडी उत्पादन गरेर यहिँका खेलाडी खेलाउनु पर्छ भन्नेमा विश्वास गर्छौं। कहिलेसम्म हामीले विदेशी ल्याएर खेलाउन सकिन्छ ? आफ्नै देशमा गरे पो पछिलाई पनि राम्रो हुन्छ। हामीले विदेशी खेलाडीलाई खास ध्यान दिएनौँ।

आर्मीका कोच र कप्तान सन्दीप कुँवर
म २०७२ बाट नै त्रिभुवन आर्मी रग्बी क्लबबाट खेलिरहेको छु। नेपालमा भएका विभिन्न किसिमका प्रतियोगिताहरुमा आर्मी क्लबले सहभागीता जनाउँदै आइरहेको छ। अहिले पनि फिफ्टिन्समा पनि राम्रो तयारी छ। हाम्रो मा चाहिँ विदेशी खेलाडी छैनन्। आशा चाहिँ उपाधि नै छ। अरु टिममा विदेशी खेलाडी छन् हाम्रोमा छैन तर खास गाह्रो पर्दैन भन्ने लाग्छ।

हाम्रो विभागमा २५ जना खेलाडी रहेका छन्। क्याम्पमा पनि। विभागमा हामीले आन्तरिका प्रतियोगिता गरिरहेका हुन्छौं र रनिङ लगायतका टेस्टहरु लिन्छौं। त्यसरी नै अघि बढिरहेका छौं। हाम्रो टिममा अधिकतम खेलाडी आर्मीकै रहेका छौं।

गोर्खाली रग्बी क्लबका श्रीकृष्ण थापा
पुरानो क्लब पनि हो। जुनियर र सिनियर गरेर मा ४० देखि ५० खेलाडी छन्। सिनियर टिममा पनि १२ खेलाडी रहेका छन्। हामीलाई लिगको लागि तयारी गर्न समस्या भयो। कहाँ समस्या भयो भन्दा मैदानको अभाव भयो।

अहिले खेल धेरै भइरहेको कारण अभाव भएको छ। त्यसपछि हामीले भ्याली बाहिर उदयपुर वा चितवन जाने भनेका थियौँ। तर जान पाइएन, त्यसैले धुलिखेलमा क्याम्प भइरहेको छ। हामीसँग विदेशी खेलाडी पनि छन्। नयाँ नियममा पाँच जना विदेशी खेलाडी राख्न मिल्ने र तीन जना खेलाउन मिल्ने रहेको छ।

हामीसँग लेबनान र फिजिबाट दुई खेलाडी अनुबन्ध गरेका छौं। हामी प्रतियोगिताको उपाधिका लागि खेल्नेछौं।

प्रकाशित: Feb 10, 2023| 21:22 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।