शुक्रबार, कात्तिक १४, २०८२

बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले बताए। बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन्। 

२०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग पेश गरी फागुन २ गतेदेखि माओवादी नेताहरू भूमिगत भएका थिए। उक्त युद्ध २०६३ सम्म चलेको थियो। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच विस्तृत शान्ति सम्झौता भई युद्ध समाप्त भएको थियो।


प्रकाशित: Feb 10, 2023| 15:12 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।