सोमबार, वैशाख २८, २०८३

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको एकीकृत कार्ययोजनाअनुसार सो कार्यविधि तयार गर्न लागिएको हो।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

National life

आगामी फागुनदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन कार्यविधी लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको एकीकृत कार्ययोजनाअनुसार सो कार्यविधि तयार गर्न लागिएको हो। 

पहिलो चरणमा संघका तीन ठूला अस्पतलाबाट सो कार्यक्रम लागू गर्न लागिएको छ। पहिलो चरणमा वीर अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतलामा सो कार्यक्रम लागु गर्न लागिएको हो।

यो कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधी २०७७ मा नै पास भएर १० वटा अस्पतालबाट सुरु गर्ने भने पनि कार्यक्रम लागू हुन सकेको थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले फेरि तीन वटा अस्पतालबाट यो कार्यक्रम लागू गर्ने तयारी अगाडि बढाएका छन्।

प्रकाशित: Feb 10, 2023| 14:39 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्